ईपीएल : अन्तिम खेलमा विराटनगर विजयी, काठमाडौं ७ रनले पराजित

लोकपथ
91
Shares

काठमाडौं । विराटनगर वारियर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित हात पारेको हो ।

टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौं किङ्स-११ लाई ७ रनले पराजित गर्दै विराटनगरले पहिलो जित हात पारेको हो ।

May be an image of one or more people, people playing sports and text

विराटनगरले ५ खेलमा २ अंक जोड्यो । अघिल्लो चार खेल गुमाएको विराटनगर पुछारमा रहेको छ । काठमाडौं ३ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

विराटनगरले दिएको १ सय ५ रनको लक्ष्य पाएको काठमाडौंले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर ९७ रन मात्र बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?