काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक प्रथम विधान महाधिवेशनको तेस्रो दिन आज पाँच समूहमा भएको छलफलले निकालेको निष्कर्ष समूहका नेताहरुले सुझावका रुपमा प्रस्तुत गरेका छन् ।
पाँचवटा समूहकाे समूहगत छलफलले निकालेको निष्कर्षमा केहीबेरमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिनेछन् ।
विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि छलफल र सुझावका लागि १० वटा समूह बनाइएको थियो । आइतबार बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ-आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएसँगै समूहगत छलफलको रिपोर्टिङ गर्ने काम सकिएको हो ।
प्रदेश १ समूहका तर्फबाट समूह नेता केन्द्रीय कमिटी सदस्य तथा प्रदेश अध्यक्ष देवराज घिमिरेले निर्वाचन प्रणाली बढी खर्चिलो भएकाले यसमा सुधार गरी सर्वसाधारणले समेत निर्वाचनमा प्रतिस्पर्धा गर्नसक्ने बनाउने, राजकीय पदमा नियुक्त हुने व्यक्तिको सिफारिस पार्टीको संस्थागत निर्णयअनुसार हुनुपर्ने सुझाव पेश गरेका छन् ।
त्यसैगरी, प्रदेश २ समूहबाट सुझाव पेस गर्दै ज्वाला साहले प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने प्रणालीमा जोड दिएकी छन् ।
जनवर्गीय संगठनहरुको समूहबाट सुझाव पेस गर्दै सुनिता बरालले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको संवैधानिक व्यवस्था हुनुपर्ने बताएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया