एमालेमा पदाधिकारीको संख्या १५ राख्ने निर्णय

लोकपथ
266
Shares

काठमाडौं । एमालेको विधान महाधिवेशनले पार्टीको पदाधिकारीको संख्या १५ राख्ने निर्णय गरेको छ ।

एमाले नेता विष्णु पौडेलले विधान महाधिवेशनबाट भएका निर्णयबारे जानकारी दिँदै पदाधिकारी संख्याबारे आएका विभिन्न सुझाव समेटेर १५ सदस्यीय बनाउने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार अध्यक्ष एक जना, वरिष्ठ उपाध्यक्षसहित ५ जना उपाध्यक्ष, महासचिव एक जना, उपमहासचिव एक जना, सचिव ७ जना रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?