राजकुमार लेखी एमालेमा प्रवेश

लोकपथ
1.5k
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहितका ५५ जनालाई पार्टी प्रवेश गराएका हुन् ।

लेखीले पहिलो संविधानसभा विघटनपछि एमाले छोडेका थिए । त्यसपछि उनी मधेशवादी विभिन्न दलहरुमा आबद्ध थिए ।

कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूराे सदस्य अमर धमला, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु पनि एमाले प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?