काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी रहेको छ । राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आज बिहान ९ बजेदेखि सुरु भएको हो ।
मतदान समय १ बजे सकिएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । शनिबार नै मतदान गर्ने भनिए पनि मतदाताको नाम प्रकाशित हुन नसक्दा मतदान हुन सकेको थिएन ।
नेपाली कांग्रेस काठमाडौं महानगरको सभापतिको नेतृत्वको लागि नीलकाजी शाक्य र प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया