लक्ष्मी लघुवित्तद्वारा लाभांश घोषणा, बोनस कति ?

लोकपथ
78
Shares

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कुल २७.३६८४१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो।

जसमा २० प्रतिशत बोनस सेयर र ७.३६८४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन् ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयन गरिने संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?