युभेन्टसद्वारा टोरिनो पराजित

लोकपथ
98
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हात पारेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले टोरिनोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ८६ औं मिनेटमा मिनेटमा लोकाटेलीले निर्णायक गोल गरेका थिए । जितसँगै युभेन्टसले ७ खेलमा ११ अंक जोडेको छ ।

युभेन्टस आठौं स्थानमा उक्लिएको छ । टोरिनो ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?