काठमाडौं । वि.सं. २०७२ वैशाख, आजको दिन काठमाडौंवासी ठूलो समस्यामा थिए । गोरखाको वारपाक केन्द्र बनाएर गएको भूकम्पले धेरै नेपालीको घर भत्कायो । आफन्त खोस्यो ।
भूकम्पपीडित अझै पनि पालमुनि बसिरहेका छन् । तर, सरकारले बारम्बार भूकम्पपीडितका लागि दिने भनेको राहत पनि पीडितका लागि ‘आशा’ मात्रै बनेको छ । भूकम्पले प्रभावित नेपाली झुपडीमै बस्न बाध्य छन् । भूकम्पले भत्केको धरहरा अझै ठाडो हुन सकेको छैन । तर, भूकम्पको नारा राजनैतिक दलले भने लगाउन छोडेका छैनन् । काठमाडौंकै धेरै स्थान भूकम्पका कारण प्रभावित भएका थिए । तर, ती स्थलको सरकारले अझै पुनर्निमाण गर्न सकेको छैन ।

आज (वुधवार) भूकम्प गएकै दिन तीन वर्षअघिको जस्तो असामान्य त थिएन तर भूकम्पले भत्काएका संरचना भने ठाडो हुन सकेका थिएनन् । लोकपथकर्मी सरोज घिमिरेले काठमाडौंका विभिन्न स्थल पुगेर तीन वर्षपछि पनि भूकम्पले भत्काएका संरचनालाई तस्वीरमा उतारेका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया