काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज आइतबार दुई खेलहरु हुँदैछन् ।
टियु क्रिकेट मैदानमा पहिलो खेलमा काठमाडौं किङ्स-११ र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौं र विराटनगरबीचको खेल बिहान ९:३० बजे सुरु भएको हो ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जित निकाल्न चाहन्छ । प्रतियोगिताबाट बाहिरिसकेको विराटनगरले ४ खेलमा जित निकाल्न सकेको छैन ।
यस्तै दोस्रो खेलमा ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स भिड्दै छन् । ललितपुर र चितवनबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । ललितपुर चौंथो स्थानमा रहेको छ । चितवन ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया