काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित हात पारेको छ । शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा खेलको २३ औं मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।
यस जितसँगै एट्लेटिकोले ८ खेलमा १७ अंक जोडेको छ । एट्लेटिको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना १२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया