निकिताले दश लाख लिएको हल्ला कि साँचो?

काठमाडौं । वर्ष २०१७ मिस नेपाल निकिता चण्डक यतिबेला निकै विवादमा तानिएकी छिन । यसैले गर्दा अहिले सिनेमा क्षेत्रमा उनको खुवै चर्चा परिचर्चा भैरहेको छ । केही समय पहिले उनले 'रानीमहल' नामक सिनेमा साइन गरेको चर्चा चल्यो । यो सँगै एउटा हल्ला चल्यो – निकिताले 'रानीमहल' का लागि १० लाख पारिश्रमिक लिइन् । त्यसपछि उनको पारिश्रमिकलाई लिएर सिनेमा क्षेत्रमा खैलाबैला मच्चियो, जुन अहिले सम्म पनि सेलाएको छैन ।

अहिले उनलाई डेव्यु सिनेमामा मंहगो पारिश्रमिक लिने हिरोइनको रुपमा हेर्न थालिएको छ ।

'रानीमहल'मा हिरोइन बन्ने भएपछि अहिले निकिता सिनेमाकर्मी र मिडियासंग निकै नजिक हुन थालेकी छिन् । अहिले सिनेमा क्षेत्रमा हुने प्राय जसो कार्यक्रममा सहभागीता जनाइ रहेकी छिन । प्रदिप खड्काले 'लिलिबिली' हेर्न निमन्त्रणा गरे । जस अनुसार उनी मंगलबार सिनेमा हेर्न हल पुगिन् । 'लिलिबिली' हेरेपश्चात् आफू प्रदिप खड्कको फ्यान भएको र आफुलाई प्रदिपसंग स्किृन सेयर गर्ने इच्छा व्यक्त गरिन् तर पनि आफुले यस बारेमा अहिले नै सोचि नसकेको स्पस्ट पारिन् ।

योसँगै उनले १० लाख पारिश्रमिको बिषयमा समेत खण्डन गरिन् । उनले भनिन्, 'मैले 'रानीमहल' मा १० लाख लिएको छैन । यी सवै खबरहरु झुटा हुन यसबारेमा मलाई केही पनि थाहा छैन । यो खबरबारे बुबाले आफुलाई लिंक पठाएपछि मात्रै थाहा पाएँ ।'

यो हल्ला कसरी फैलियो भन्ने उनैलाई पनि थाहा छैन । कतिपयले यो हल्लालाई फिल्म प्रचारको निन्जा टेक्निकका रुपमा हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?