मन्त्रालयको भागबण्डा टुंग्याउन बालुवाटारमा गठबन्धन बैठक जारी

लोकपथ
105
Shares
????????? ?? ?????? ?????? ????? ??????? ????? ????

काठमाडौं । सत्तारुढ गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । मन्त्रालयको भागबण्डा टुंग्याउन बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धन बैठक जारी रहेको हो ।

सरकार बनेको ८० दिनसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

करिब तीन महिनासम्म प्रधानमन्त्री देउवाले ६ जना मन्त्रीमात्र बनाएका छन् भने बाँकी १८ मन्त्रालय आफैँले समालिरहेका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरी मन्त्रिपरिषद विस्तार गर्ने भनिएपनि अझै मन्त्रालयको भागबण्डा मिलेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?