माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीबारे आज छलफल गर्दै

लोकपथ
56
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले सरकारमा पठाउने मन्त्रीबारे आजको स्थायी कमिटी बैठकमा छलफल हुने भएको छ ।

शनिवारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता कृष्णबहादुर महराले आज(आइतवार)को बैठकमा सरकारमा पठाउने मन्त्री बारे छलफल गरिने बताएका थिए ।

असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपनि हालसम्म मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

गठबन्धनमा भागबन्डा मिल्न नसक्दा मन्त्रीपरिषद् बिस्तार हुन नसकेको नेताहरुले बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?