१३ चैत्र २०७९, सोमवार

सरकारलाई कमल थापाको यस्तो पत्र, सरकारमा जाने अर्को प्रयास

२०७४,आश्विन,२३,सोमवार १५:५९

0
Shares

 काठमाडौँ, २३ असोज – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थनका लागि पत्र बुझाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज राप्रपाका प्रमुख सचेतक कुन्तीकुमारी शाहीको नेतृत्वमा गएको टोलीले पार्टीका तर्फबाट देउवालाई समर्थन रहेको भन्दै पत्र बुझाएको हो ।समर्थन पत्र बुझाएपछि पार्टीका नेता दिलनाथ गिरीले निर्धारित समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुनिश्चितताका लागि वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, “सरकारको प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग पार्टी एकीकरण गर्ने उद्देश्यले गठबन्धन बनाउने सहमति गरेपछि सरकारलाई अल्पमतमा पर्न नदिन हामीले समर्थन गरेका हौँ ।”यसअघि आजै प्रमुख सचेतक शाहीले व्यवस्थापिका–संसद्को सचिवालयमा वर्तमान सरकारलाई समर्थन सहितको पत्र दर्ता बुझाएकी छन् ।यसैबीच राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले आज प्रधानमन्त्री देउवासँग भेट गरी मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका बारेमा छलफल गरेका छन् ।उक्त छलफलमा सरकारलाई पार्टीले समर्थन गर्ने, लोकतान्त्रिक दलबीच एकता कायम गरी चुनावमा जाने, संविधान कार्यान्वयनमा सहज वातावरण बनाउनेलगायत विषयमा छलफल केन्द्रित रहेको उपाध्यक्ष तामाङले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १५:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका लागि सरकारी निवासको टुंगो लागेको छ । लैनचौरस्थित पूर्व उपराष्ट्रपति परमानन्द झा र

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६