अनमोलकी हिरोइन खोज्न जियाको हात ! भुवन र जियाको सम्बन्ध के?

काठमाडौं । नेपाली सिनेमाको लागि ब्राण्डेड नाम हो अनमोल केसी । जसको नाममा मात्र निर्माता निर्देशकले करोडौँ खर्च गर्न तयार हुन्छन् भने वितरकले अनमोलको सिनेमालाई करोडौ तिरेर प्रदर्शन गर्नका लागि तयार हुन्छन् ।

उनै अनमोलले आफ्नो सिनेमामा हिरोइन खोज्ने जिम्मा भने निर्माता निर्देशकलाई छोडिदिन्छन् । उनले अभिनय गरेका ५ ओटै सिनेमामा नयाँ नयाँ नायिकासँग जोडी बाँधेका छन् । उनी आफूले हिरोइन छान्ने कुरामा आफूले कहिले पनि हस्तक्षेप नगर्ने मिडियालाई बताउँदै आएका छन् । 

यतिबेला भने अनमोलको सिनेमामा हिरोइन छान्ने मामलामा पिता भुवन केसी त भए नै । अर्कातिर जिया केसी हावी भएको कुरा यतिबेला गसिप बनिरहेको छ । त्यसो त जियालाई भुवनकी प्रेमिका भनेर चिनाउँछन् भुवनाले । जियाले नै अनमोल अभिनय गर्ने हरेक सिनेमामा हिरोइन खोज्ने गरेको तथ्थ बाहिर आएको छ । अनमोल अहिले नयाँ सिनेमा 'क्याप्टेन'को तयारीमा व्यस्त छन । यो सिनेमाका लागि केहि दिन पहिले मुख्य अभिनेत्री फाइनल गरिएको थियो । क्याप्टेनमा दुई नायिका छिन् । उपासना सिंह ठकुरी र प्रियंका एमभी यि दुवैले 'क्याप्टेन' बाट डेव्यु गर्दैछन् । के पनि भन्ने गरिएको छ भने यी दुवै अभिनेत्रीलाई जिया केसीले नै फाइनल गरेकी हुन् । सामाजिक सञ्जालमा निकै सक्रिय जियाले इन्ट्राग्राम फोटो देखेपछि सिनेमाका लागि अफर गरेकी थिइन् । दुवै जना सिनेमा खेल्न राजी भएपछि जियाले उनीहरुलाई 'क्याप्टेन'का निर्माता भुवन केसी र नायक अनमोल केसीलाई भेटाएकी थिइन् । 

उपसना र प्रियंका दुवैलाई अनमोल भुवनले मनपराएर ओके गरेको कुरा अहिले सिनेमा बजारमा चर्चाको विषय बनेको छ । यति मात्रै होइन भुवन केसीले निर्देशनमा डेव्यु सिनेमा 'ड्रिम्स'को लागी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि जियाले नै फाइनल गरेकी थिइन् । नयक भुवन केसी र जिया केसी वर्ष देखि प्रेममा रमाई रहेका छन् । उनीहरु प्रेममा परे देखि नै लिभिङ टुगेदरमा छन ।

केही वर्षदेखि उनीहरु आफ्नो सम्बन्धलाई लुकाउँदै आइरहेका थिए । तर 'कृ' को गीतको छायाँकनको लागि स्कटल्याण्ड उड्नुअघि त्रिभुवन विमानस्थलमा मिडियाकर्मी र जिया केसी र भुवन केसीको प्रेम सम्वन्धबारे लामो समय लुकामारी चल्यो । तर पनि जिया मिडियाबाट भाग्न खोज्दै थिइन् । नायक भुवन केसी आफैले मिडिया सामु जियालाई सार्वजनिक गरेका थिए । अहिले भुवन केसी उनै जियालाई काखी च्यापेर 'क्याप्टेन'को लोकेसन हेर्न सिक्किम पुगेका छन् । भुवन र जिया यस्तै लिभिङ टुगेदरमै रमाउँछन वा बिहे गरेर घरजम पनि गर्छन त्यो समयले नै बताउनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?