काठमाडौं । पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको अनियमितताविरुद्ध अनशनरत कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुलाई साथ दिन नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीसहितका नेताहरु भोली डडेल्धुरा जाने भएका छन् ।
केसीसहित केन्द्रीय सदस्य डा. शेखर कोइराला, गुरुराज घिमिरे, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष केशव सिंह र राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भोली(आइतवार) डडेल्धुरा जान लागेको बताइएको छ ।
डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्य वितरणमा एकलौटी गरेको भन्दै संस्थापतइतर पक्ष आन्दोलित भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया