बारामा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुत्ला दहन

लोकपथ
546
Shares

बारा । राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुत्लासमेत दहन गरेको छ ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने बताए । पाकिस्तानको इशारामा प्रदेश २ लाई तालिबान बनाउन खोजिएको उनले आरोप लगाए । उनले भने, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन्, यस्ता भ्रष्ट मुख्यमन्त्रीलाई पदमा बसीराख्न कुनै औचित्य छैन ।’

त्यस्तै उनले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको पनि आरोप लगाए । प्रदर्शनको क्रममा इमरान खान मुर्दावाद, मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद, भ्रष्ट कमिसनखोर मुख्यमन्त्री राजीनामा दे र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै मुख्यमन्त्री राउतविरुद्ध चर्को नाराबाजी लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?