धार्मिक पर्यटन प्रदेशको समृद्धिको आधार हो : मुख्यमन्त्री पोखरेल

लोकपथ
91
Shares

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार भएको बताए ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा बोल्दै उनले नवलपुरको त्रिवेणी, गजेन्द्रमोक्ष धामदेखि मुस्ताङको दामोदरकुण्डसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रूपमा विकास गर्न सकिने बताए ।

प्रदेशभित्रका धार्मिक पीठका प्रमुखहरुलाई एक ठाउँमा भेला गराएर संयुक्त अवधारणा बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने विचार व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले धर्मलाई संस्कृति, समाजसेवा र विविध क्रियाकलापमा जोडेर आर्थिक क्रियाकलाप बढाउन सकिने बताए ।

कालीगण्डकी नदी केबल नदी नभएर सभ्यता, संस्कृति र सम्पदाको आधार भएको उल्लेख गर्दै उहाँले यसैको महत्व र सम्भाव्यता अध्ययनका लागि गण्डकी प्रदेश सरकारले समिति गठन गरेको जानकारी दिए । धर्मलाई सामाजिक क्षेत्र, शिक्षा र विकासका गतिविधिसँग जोड्न सकिन्छ भन्ने उदाहरण विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रस्तुत गर्न सफल भएको बताउँदै मुख्यमन्त्री पोखरेलले प्रदेशका अन्य पीठहरुले समेत यसको अनुकरण गर्नुपर्नेमा जोड दिए ।

मन्दिर परिसरलाई व्यवस्थित बनाउने मात्र नभई गुरुकुल, प्राकृतिक चिकित्सालय, ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरेर विन्ध्यवासिनी धार्मिक समितिले महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै उनले प्रदेश समृद्धिको पहिलो आधार नै पर्यटन भएकाले कोरोनाले आक्रान्त बनाएको यस क्षेत्रलाई चलायमान बनाउन नेपालस्थित राजदूतहरुलाई गण्डकी सरकारले पोखरा बोलाएर विशेष कार्यक्रम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?