काठमाडौं । कैलालीको चुरे गाउँपालिकाका पहिरो पिडित परिवार अझै बिचल्लीको अवस्थामा छन् ।
दुई वर्ष अघि गएको पहिरो पिडित अहिले सम्म पनि जंगलमै बसिरहेका छन् । पहिरोबाट प्रभावित नागरिकहरुले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन । वैज्ञानिक मापदण्ड बिपरित वर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका बिभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ ।

पहिरोको कारणले गाँउनै बिस्थापित भइरहेका छन् । चुरे गाउपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनि, गुणि लगाएतका गाउमा पहिरोका कारण गाँउनै बिस्थापित हुन थालेका हुन ।

चुरेका बिभिन्न बस्तीमा पहिरो जानथालेपछि त्यहाका स्थानीय घर छोडेर जंगल तथा सुरक्षित स्थानमा जान थालेका छन् । अहिले सबै बिस्थापित घर बिहिन बन्दै गएका छन् । गाउमा बस्न सक्ने अवस्था नभएपछि केहि सडकमै बसिरहेका छन् । पहिरो प्रभावित परिवारहरुलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ । यता सरकारले बिस्थापतिहरुको बारेमा केहि नगरेको स्थानीयले आरोप लगाएका छन् ।

गत वर्ष आएको पहिरोका कारण पट्रेनि, गुणिका ३ सय परीवार बिस्थापित भएका छन । यस्तै भदौ ९ र १० गतेको भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीका बस्तीहरु नराम्ररी प्रभावित भएको छ । घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया