काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा जारी छ ।शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु महाधिवेशनको दोश्रो दिन आज पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ ।
दुई बजेपछि टोली नेताले समूहगत छलफलको संक्षेपमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छलफलमा भाग लिएका थिए।
शुक्रबार छलफलका लागि प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको थियो । १० वटा समूहलाई सहजीकरण गर्न २० जना नेताहरुलाई जिम्मेवारी दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया