काठमाडौं । नेपालले माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा जित हात पारेको छ ।
शुक्रबार राति भएको खेलमा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै नेपालले जित हात पारेको हो ।

नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे ।
परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिषले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

यस जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ ।m दोस्रो खेलमा नेपालले श्रीलंकासँग सोमबार भिड्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया