२१ आश्विन २०७९, शुक्रवार

सरकारलाई कमल थापाको यस्तो पत्र, सरकारमा जाने अर्को प्रयास

२०७४,आश्विन,२३,सोमवार १५:५९

0
Shares

 काठमाडौँ, २३ असोज – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थनका लागि पत्र बुझाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज राप्रपाका प्रमुख सचेतक कुन्तीकुमारी शाहीको नेतृत्वमा गएको टोलीले पार्टीका तर्फबाट देउवालाई समर्थन रहेको भन्दै पत्र बुझाएको हो ।समर्थन पत्र बुझाएपछि पार्टीका नेता दिलनाथ गिरीले निर्धारित समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुनिश्चितताका लागि वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, “सरकारको प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग पार्टी एकीकरण गर्ने उद्देश्यले गठबन्धन बनाउने सहमति गरेपछि सरकारलाई अल्पमतमा पर्न नदिन हामीले समर्थन गरेका हौँ ।”यसअघि आजै प्रमुख सचेतक शाहीले व्यवस्थापिका–संसद्को सचिवालयमा वर्तमान सरकारलाई समर्थन सहितको पत्र दर्ता बुझाएकी छन् ।यसैबीच राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले आज प्रधानमन्त्री देउवासँग भेट गरी मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका बारेमा छलफल गरेका छन् ।उक्त छलफलमा सरकारलाई पार्टीले समर्थन गर्ने, लोकतान्त्रिक दलबीच एकता कायम गरी चुनावमा जाने, संविधान कार्यान्वयनमा सहज वातावरण बनाउनेलगायत विषयमा छलफल केन्द्रित रहेको उपाध्यक्ष तामाङले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १५:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगामी मंसिर ४ मा हुने संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ बाट नेकपा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको

काठमाडौं । सत्तारुढ गठबन्धनभित्र आगामी निर्वाचनको सिट बाँडफाँटको भागबण्डा मिलेको छ । लामो छलफल र परामर्शपछि १६५ प्रतिनिधि सभा निर्वाचन

काठमाडौं । संघीय निर्वाचनको उम्मेदावारी दर्ताको मिति नजिकिँदै गर्दा भएको सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) बीचको

काभ्रेपलाञ्चोक । नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ । सो क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रेशम लामा र गोकुल

ताजा समाचार

गठबन्धन र लोसपाको वार्ता सकारात्मक
 २०७९,आश्विन,२१,शुक्रवार २२:१२
प्रचण्ड गोरखा–२ बाट निर्वाचन लड्ने पक्का
 २०७९,आश्विन,२१,शुक्रवार २१:३५
हेर्नुहोस् आजको टप–१५ समाचार (भिडियोसहित)
 २०७९,आश्विन,२१,शुक्रवार १९:५२