सृष्टि र सविरको बाँध मायाले

काठमाडौं । निर्देशक सविर श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमा 'बाँध मायाले'ले आफ्नो रिलीज डेट फाइनल गरेको छ । आर्यन अधिकारी र पुर्वमिस नेपाल श्रृष्टिको जोडीलाई 'बाँध मायाले'मा फिचर गरिएको छ । अब 'बाँध मायाले' असोज ५ गते देखि अल नेपाल रिलीज हुने निर्देशक श्रेष्ठले बताए । 

श्रृष्टीले डेब्यु सिनेमा गाजलुबाट निकै चर्चा परिचर्चा पाइन 'गाजलु'बाट उनले गत वर्ष सम्पन्न सम्पुर्ण अर्वाड समारोहमा डेव्यु अभिनेत्रीमा एक छत्र राज गरिन तर गाजलु रिलीजको २ वर्ष पुग्न लाग्दा पनि आज सम्म उनले अभिनय गरेको कुनै पनि सिनेमा रिलीज भएका छैनन् । त्यसैले पनि उनलाई प्रर्दशन हुन बाँकी दुई सिनेमा 'रोमियो एण्ड मुना' र 'बाँध मायाले'बाट आफु सफल अभिनेत्री बन्ने आश उनमा छ । यता डेव्यु सिनेमा बाट उत्कृष्ट प्रतिक्रिया पाएका अभिनेता आर्यन अधिकारीले पनि सफलता हात पार्न सकेका छैनन् । त्यसैले पनि 'बाँध मायाले' आर्यन र श्रृष्टिको करियरको महत्पुर्ण सिनेमा हो । 

काईट्स ईन्टरटेनमेन्टको ब्यानरमा तयार भएको फिल्म निर्माणमा रामहरी धिताल र विभेषिका श्रेष्ठले निर्देशक श्रेष्ठसँग साझेदारी गरेका छन् । फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड लिड रोलमा छन् भने नव अभिनेता किशोर खड्काले यो फिल्ममार्फत डेब्यू गर्दैछन् । फिल्ममा अर्जुन पोखरेलको संगीत छ । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?