नेपालमा कोरोना : १ हजार ६६ संक्रमित थपिए, कति भए संक्रमणमुक्त (विवरणसहित)

लोकपथ
105
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कुल १३ हजार ३ सय ६८ जनाको परीक्षण गर्दा ८ सय ९८ जनाको पीसीआर र १६८ जनाको एन्टीजेन पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ८७ हजार ६ सय ८० पुृगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६६ हजार ६ सय ९६ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण १३ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएकोृ छ । हाल नेपालमा १८ हजार १ सय १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?