केकीको ‘कोहलपुर एक्सप्रेस’ ले दर्शकलाई बनाउला त फ्रेस?

काठमाडौं – आगामी शुक्रवारदेखि अलनेपाल रिलिज हुने फिल्म 'कोहलपुर एक्सप्रेस' को चर्चा अहिले फिल्मी बजारमा राम्रै भैरहेको छ । फिल्मकी निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले प्रचार प्रसारमा निकै समय खर्चेकी छिन् । केकीले आज सम्म दुई दर्जन फिल्ममा अभिनय गरिसकेकी छिन् । तर, उनले अभिनय गरेका अधिकाशं फिल्मले व्यवसायिक रुपमा सफल छैनन् ।

एउटा कुरा के छ भने, उनले हरेक फिल्ममा अभिनयको तारिफ राम्रै पाउँछिन । त्यसैले पनि फिल्मी बजारमा उनलाई अनलक्की हिरोइनको रुपमा हर्ने गरिन्छ । 

उनै केकीले निर्माण गरेको 'कोहलपुर एक्सप्रेस' को यतिबेला उल्टो गन्ती शुरु भएको छ । यसैले पनि केकी अहिले आफूले निर्माण गरेको फिल्मलाई सफल बनाउन रात दिन लागिपरेकी छिन ।

सिनेमाको सार्वजनिक गीत संगीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहँदा सार्वजनिक ट्रेलरले भने दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । केकी भने आफूले एउटा राम्रो सिनेमा निर्माण गरेकाले दर्शकलाई मन पर्नेमा ढुक्क छिन् । उनले भनिन्, 'मेरो टिमले फिल्मको प्रचारमा नयाँ नयाँ फन्डाहरु अपनाएर प्रचार गरेकोले पनि फिल्मले राम्रो गर्न सक्छ ।'

आजभोलि केकी कहिले फुडमाण्डुसँग मिलेर फ्यानको घरसम्म पिज्जा डेलिभर गर्न पुग्छिन् त कहिले सामाजिक सञ्जालमा विभिन्न टोल निर्माण गरेर 'कोहलपुर एक्सप्रेस' हेर्न दर्शकलाई आह्वान गर्छिन् त कहिले सिनेमाको छायांकन स्थल कोहलपुर पुगेर फिल्मको प्रचार गर्नमा व्यस्त देखिन्छिन् । त्यसैले अहिले केकीको ब्यस्तता एकदमै बढेको जस्तो देखिएको छ । तर, के उनको यो व्यस्तताले फिल्मलाई सफल बनाउला त? कोहलपुर एक्सप्रेसका दर्शक बढाउन सहज होला त? केकी अहिले 'कोहलपुर एक्सप्रेस'लाई सफल बनाउन र फिल्मको प्रचार आफूले भ्याए जति कार्यक्रममा पुगिरहेकी छिन् । 

'कोहलपुर एक्सप्रेस' लाई म्युजिक भिडियोबाट आएका निर्देशक विशाल भण्डारीले निर्देशन गरेका हुन् । केकीका अलवा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा अर्जुन तिवारीको छायाँकन, राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बास्कोटाको संगीत रहेको छ ।

केकीले यति धेरै मेहनत गरेर निर्माण गरेको फिल्मले दर्शकबाट कस्तो प्रतिक्रिया पाउला ! अभिनयबाट सफलताको स्वाद चाख्न नपाएकी केकीले फिल्म निर्माणमा सफलता पाउलिन् यो सबै अबको केही दिनमै थाहा हुने नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?