एमाले विधान महाधिवेशन : बाधा अड्काउ फुकाउने प्रस्ताव पेश

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा विधानको बाधा अड्काउ फुकाउने प्रस्ताव पेश भएको छ ।

उपमहासचिव विष्णु पौडेलले जारी बैठकमा बाधा फुकाउने प्रस्ताव पेश गरेका हुन् ।

ललितपुरमा रहेको इन्द्रेणी सम्मेलन केन्द्रमा जारी कार्यक्रममा उपमहासचिव पौडेलले विधानको धारा ७४ को १५ क र १९ क को परिवर्तन गर्न प्रस्ताव पेश गरेका हुन् । उक्त प्रस्तावलाई हलमा उपस्थितहरुले समर्थन जनाउँदै पारित गरेका थिए ।

आजबाट सुरु भएको एमालेको विधान महाधिवेशन आइतबारसम्म चल्नेछ । हाल ओलीले राजनीतिक प्रतिवेदन पेश गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?