ओलीले उद्घाटन गरे एमालेको पहिलो विधान महाधिवेशन

लोकपथ
312
Shares

काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजित सो विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोबाइलको बटम थिचेर लोगो अनावरण गरी उद्घाटन गरेका हुन् ।

विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधिहरु सहभागी भएका छन् । ३ दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा आज नै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नु हुनेछ ।

शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरु पारित हुनेछ । विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता ज्ञवालीले बताए ।

एमालेले पहिलो पटक पार्टीको नीति निर्माणमा केन्द्रित भएर विधान महाधिवेशन आयोजना गरेको हो । एमालेको राष्ट्रिय महाधिवेशन मंसीरको दोस्रो आयोजना हुनेछ ।

अध्यक्ष ओलीलाई अनेरास्ववियू र युवा संघले सात दोबाटोबाट र्‍यालीसहित स्कर्टिङ गरेर सभास्थल पुर्‍याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?