९ सयले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

लोकपथ
364
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) भने सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।

आज छापवाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापवाला सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन ८९ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार पनि चाँदी प्रतितोला १ हजार १ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?