राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्रा विनिमयदर यस्तो छ

RSS
611
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४७ पैसा, बिक्रीदर ११९ रुपैयाँ ०७ पैसा रहेको छ ।

त्यसैगरी, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ १४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८४ पैसा रहेको छ । साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा, बिक्रीदर ३२ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३० पैसा र बिक्रीदर २८ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?