काठमाडौं । नेकपा(एमाले)को विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ ।
नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा सुरु हुने भएको हो ।
‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मर्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । यस विधान महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक कार्यदिशा तथा विधान पारित गर्नेछ ।
महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया