एकीकृत समाजवादी अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य

लोकपथ
35
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ ।

त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तर सामान्यभन्दा कम रहेको जानकारी दिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालको शरीरको तापक्रम, रक्तचापलगायत अन्य अवस्था सामान्य रहेको उनले बताएका छन् । नेता नेपालको मौसमी ज्वरो (सिजनल भाइरस फिवर) सम्बन्धी स्वास्थ्य अवस्थाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

नेता नेपालको कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । आज अपराह्न ३ः३० बजे उनको छातीको सिटी स्वयानिङसमेत गरिएको थियो । सामान्य ज्वरो, बान्ता आउने, पेटमा गडबडी र छातीमा केही समस्या देखिएपछि बुधवार उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको अहिले ५०१ नम्बरको शय्यामा रहेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?