७ चैत्र २०७९, मंगलवार

हटाइयो राप्रपाका जिल्ला अध्यक्ष सिंहलाई

२०७४,आश्विन,२३,सोमवार १५:४०

0
Shares

 धनगढी, २३ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीका अध्यक्ष गजेन्द्रबहादुर सिंहलाई पदीय जिम्मेवारीबाट हटाएको छ ।पार्टी कार्यकर्ताको आज यहाँ आयोजित भेलाले पार्टी विभाजनपछि जिल्ला अध्यक्ष सिंह सम्पर्कमा नरहनुभएको र पार्टीका गतिविधिमा समेत सहभागी नदेखिनु भएकाले उहाँलाई पदीय जिम्मेवारीबाट हटाउनु परेको जिल्ला कार्यसमितिका सचिव छत्र शाहीले बताउनुभयो ।पार्टीका सहमहामन्त्री चन्द्रबहादुर गुरुङ, केन्द्रीय सदस्य जनक कुँवर, रामदुलारी चौधरी, सविना सिंह लगायतका नेताको उपस्थितिमा भएको भेलाले जिल्ला कार्यसमितिका वरिष्ठ उपाध्यक्ष होमबहादुर गुरुङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।राप्रपाका जिल्ला सचिव वीरेन्द्र बम पार्टी विभाजनपछि राप्रपा प्रजातान्त्रिकमा जानु भएपछि भेलाले रिक्त रहेको सचिव पदको जिम्मेवारीसमेत छत्र शाहीलाई दिएको छ । अध्यक्ष पदको जिम्मेवारीबाट हटाइएका सिंह राप्रपा प्रजातान्त्रिकमा प्रवेश गर्ने तयारीमा रहनुभएको स्रोतले बताएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १५:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी परेको छ । लामिछानेलाई अख्तियारको

चितवन । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ । नेपाली कांग्रेस, भातृसङ्गठनलगायतका विभिन्न सङ्घ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सामेल हुनेबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । आज बसेको ५४औँ सचिवालय बैठकमा अध्यक्ष

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६