भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगतिबारे नेपाल र भारतद्वारा समीक्षा

लोकपथ
91
Shares

काठमाडौं । नेपाल र भारतले नेपालमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समीक्षा गरेका छन् ।

बिहीबार नेपाल र भारतका प्रतिनिधिहरुले काठमाडौंमा भूकम्पपछिको पुनर्निर्माण परियोजना सम्बन्धि संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक आयोजना गरि समीक्षा गरेको हो ।

उक्त बैठक भारत सरकार विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव श्री सुशीलचन्द्र तिवारीको सह–अध्यक्षतामा सम्पन्न भएको हो ।

भारत सरकारको सहयोगमा नेपालमा संचालित भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समीक्षा गर्न हेतु सन् २०१७ अगस्टमा संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) संयन्त्रको स्थापना भएको थियो ।

उक्त बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवं निकायका प्रतिनिधि, भारत सरकारका अधिकारी, परामर्शदाता तथा परियोजनाको कार्यान्वयनमा संलग्न सरोकारवालाहरुको उपस्थिति थियो । यस अघि जेपीएमसीको बैठक २०७६ फागुन २५ गते भएको थियो ।

बैठकले भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा संचालित भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको बृहत समीक्षा गरेको छ ।

आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५०,००० निजी घरको पुनर्निर्माण भएकोमा बैठकमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए ।

त्यस्तै दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेका थिए ।

जेपीएमसीको अर्को बैठक दुवै पक्षलाई पायक पर्ने मितिमा गर्ने सहमति भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?