प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

लोकपथ
247
Shares

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच बिहीबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?