किरण गजमेर र मेचु धिमालको सालैज्यू गीत ‘नजरको गोली’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
301
Shares

काठमाडाैं । ‘द भ्वाइस अफ नेपाल सिजन–३’ का विजेता किरण गजमेर र मेचु धिमालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । बिहीबार सालैज्यू गीत ‘नजरको गोली’ सार्वजनिक भएको हो ।

लेखु सहयात्रीले रचना गरेको गीतलाई करणराज कार्कीले संगीत भरेका हुन् भने संगीत संयोजन देवेश राईको रहेको छ ।

रोदीगीतकै एक भेद मानिने सालैज्यू विशेष गरेर मगर र तामाङ जातिमाझ प्रसिद्ध छ । गीतमा प्रेमीप्रेमिकाबीच हुने सामान्य कुराकानी भए पनि सालैज्यू गीतका क्षेत्रमा यसले टेवा पुर्‍याउने अपेक्षा गीतकार लेखु सहयात्रीले गरेका छन् ।

‘नेपालमा भएका हाम्रा मौलिक गीतहरुको संरक्षण गर्ने हाम्रो उद्देश्य हो’, उनले लोकपथलाई बताए ।

भिडियोमा दिलिप रायमाझी, पल शाह, किरण गजमेर, गीता ढुंगाना र मेचु धिमाललाई हेर्न सकिन्छ ।

ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका हुन् । गीत ‘संगीत भकारी’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

धुलिखेल र भृकुटीमण्डपमा खिचिएको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।

भिडियाे हेर्नुहाेस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?