सुदूरपश्चिम प्रदेश : मागहरु बेवास्ता गरिएको भन्दै कांग्रेसले बुझायो ज्ञापनपत्र

लोकपथ
208
Shares

कैलाली । नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले आफ्ना मागहरुको बेवास्ता गरेको प्रति मुख्यमन्त्रीलार्र्इ ध्यानाकर्षण गराएको छ ।

केन्द्रीय गठबन्धनको भावना अनुरुप लचिलो भइरहदा पनि सुदुरपश्चिम प्रदेश सरकारले बेवास्ता गरेको प्रति नेपाली कांग्रेस संसदीय दलले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेस र सुदूरपश्चिम सरकारकोबीच पटक पटक सम्झौता र उच्च स्तरीय वार्ता भइरहदा पनि आर्थिक वर्ष २०७८।७९ को बजेट बारे हालसम्म पनि सरकारबाट कुनै ठोस निर्णय नआएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

कृष्णपुर नगरपालिका ४ मा क्षेत्र पुर्वाधर विकास कार्यक्रम बाट ५ लाखको निर्माण सम्पन्न भएको योजनाको भुक्तानि कार्यान्वयन बारे गेर जिम्मेवारी र चरम लापरबाहि भइरहेकाले तुरुन्त भुक्तानिको ब्यवस्था मिलाउनुपर्ने, केन्द्रीय गठबन्धन अनुरुप छलफल नहुदा गठबन्धनको औचित्य नभएको, प्रदेश अन्तर्गत कार्यरत कर्मचारीलाइ न्यायोचित तरिकाले ब्यवस्थापन गर्नुपर्ने लगायतको माग राख्दै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाइ ज्ञापन पत्र बुझाएको दलका नेता रणबहादुर रावलले बताए ।

यसअघि दलको बैठकले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउने र सरकारले वेवास्ता गरे आफुहरु वैकल्पिक मार्ग अपनाउने निर्णय गरेको प्रदेश सभा सदस्य भरत खडकाले बताए । उनले भने –‘हाम्रो बैठकले सरकारले गठबन्धन कायम नगरेको आभाष गरेको थियो ।

सोही अनुसार मुख्यमन्त्रीको ध्यानाकर्षण गर्ने भनिएको छ । मुख्यमन्त्रीसँगको भेटपछि थप कदम अघि बढाइने छ ।’
कांग्रेसले गत मंगलबार बसेको प्रदेश सभा बैठकमा पनि सरकारको विरोध गर्दै सांकेतिक रुपमा विरोध गरेको थियो ।

कांग्रेस विरोधमा उत्रिएपछि अहिले प्रदेश सरकारले शुक्रबार राती १२ बजेदेखि आठौं अधिवेशनको बैठक अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरिसकेको छ । ‘प्रदेशसभा सञ्चालनका लागि पर्याप्त बिजनेस छैन । सोही कारण हामीले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हौं,’ प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले भनिन्, ‘यसमा गठबन्धनभित्रको कांग्रेसको विषय जोडिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?