पुन: घट्यो सेयर बजार, ३ अर्बमा खुम्चियो कारोबार

लोकपथ
286
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहिबार) सेयर बजारमा पुन: गिरावट आएको छ । तीन दिनपछि बुधबार बढेको बजारमा आज पुन: गिरावट आएको हो ।

पछिल्लो समय सेयर बजार दिनहुँजसो ओरालो लागिरहेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.५१ अंकले घटेर २६३३.४२ बिन्दुमा पुगेको छ । आज सेन्सेटिभ ६.४१ अंकले बढेर ४९७.०५ बिन्दुमा पुगेको छ ।

बिहीबार कारोबार रकममा पनि भारी गिरावट आएको छ । आज कारोबार रकम ३ अर्बमा खुम्चिएको छ ।

आज सेयर खरिदबिक्रीमा पनि गिरावट आएको छ । आज दिनभर कुल २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७० करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

बिहीबार कुल १३ उपसमूहमध्ये ३ वटा उपसमूहको मात्र सेयर मूल्य बढेको छ, भने बाँकि १० वटा समूहको सेयर घटेको छ । आज विकास समूहको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।

आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र मैलुङ्गखोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?