काठमाडौं । इजरायलका विदेशमन्त्री याइर लापिडले बिहीबार बहराइनको ऐतिहासिक भ्रमण शुरु गरेका छन् । बहराइनमा इजरायली दूतावास खोल्ने एजेन्डासहित उनी त्यहाँ पुगेका भएको समाचारमा उल्लेख छ ।
गल्फ एयरको विमान दुई देशहरुबीचको पहिलो व्यावसायिक उडान उड्ने क्रममा रहेको अवस्थामा इजरायली विदेशमन्त्री लापिड बहराइनको विमानस्थलमा उत्रिएका थिए ।
संयुक्त अरब इमिरेट्स, मोरोक्को र सुडानले गत वर्ष अब्राहम समझौताको रूपमा चिनिने सम्झौताअन्तर्गत सम्बन्ध स्थापित गरेपछि क्षेत्रीय सम्बन्धमा सुधारको लािग बहराइनमा पहिलो द्विपक्षीय मन्त्रीस्तरीय भ्रमण इजरायलले शुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया