काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यातिनीबीच बिहीबार भेटवार्ता भएको छ ।
जङ्गी अड्डामा शिष्टाचार भेटवार्तामा संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागितालगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको सेनाले जनाएको छ ।
सेनाले यस किसिमको भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मदत पुग्ने विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया