असोज १९ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

लोकपथ
63
Shares

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक असोज १९ गतेसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको दुई विधेयक सभासमक्ष पढेर सुनाएका थिए । त्यसैगरी प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८औँ प्रतिवेदन पेश गरेका थिए ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको थियो ।

अर्को बैठक असोज १९ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?