२०७५, ६ बैशाख बिहीवार ०७:४८

संरक्षित बालबालिकाको खानामै कमिसन


प्रकाशित मिति : २०७५, ६ बैशाख बिहीवार ०७:४८

काठमाडौँ, ६ बैशाख- नेपाल बाल संगठनले आफ्नो बालगृहमा संरक्षित बालबालिकाका निम्ति भन्दै ठेकेदारसँग बजार भाउभन्दा चर्को मूल्यमा खाद्यान्न किन्ने गरेको पाइएको छ ।संगठनका जिम्मेवार अधिकारीले काठमाडौं, ललितपुर र काभ्रेका ४ बाल संरक्षण केन्द्रका लागि खाद्यान्न आपूर्ति गर्ने जिम्मा मिलेमतोमा भक्तपुर–६, ठिमीका कृष्णबहादुर सिन्केमनको श्रीकृष्ण सप्लायर्सलाई दिएको खुलेको हो ।संगठनले बोलपत्र आहवान गरेर प्रतिस्पर्धामा खाद्यान्नलगायत सामग्री आपूर्ति गर्ने जिम्मा दिइएको दाबी गरे पनि अधिकांश सामग्री चर्को मूल्यमा किनेको देखिएको हो । स्रोतका अनुसार संगठनकै केही कर्मचारीले आर्थिक लाभका आधारमा प्रचलित भाउभन्दा बढी मूल्यको टेन्डर स्विकारेका हुन् ।संगठन र सिन्केमनबीच भएको सम्झौतापत्रमै खाद्यान्नको मूल्य प्रचलित बजारभाउभन्दा निकै उच्च देखिन्छ । सिन्केमनको सप्लायर्सलाई काठमाडौंको बालमन्दिर बालगृह नक्साल र बाल संरक्षण गृह सिफल, ललितपुरको सामुदायिक विकास केन्द्र, ठेचो तथा काभ्रेको समाजकल्याण बालगृह, पाँचखालमा आश्रित बालबालिकाका निम्ति खाद्यवस्तु, सिजनअनुसारका ताजा तरकारी, गेडागुडी उपलब्ध गराउने जिम्मा दिइएको छ, कान्तिपुरमा खबर छ  ।

प्रतिक्रिया दिनुहोस