काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा कोरोना संक्रमणको जोखिम रहेको भन्दै भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज गर्न रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार (आज) देखि लागू हुनेगरी काठमाडौं उपत्यकामा भीडभाड गर्न रोक लगाएको हो ।
आज एक विज्ञप्ति जारी गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडियो) गोविन्द प्रसाद रिजालले एक आदेश जारी गर्दै न्यूनतम सहभागितामा र सांकेतिकरुमा चाडपर्व मनाउन पनि आग्रह गरेका छन् ।
‘कोभिड १९ को संक्रमण कायमै रहेको हुँदा अनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदी नगर्ने र नगराउने’ जारी विज्ञप्ति भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया