काठमाडौं । दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्थाको र उनको श्रीमान नागा चैतन्यको सम्बन्धबीच चर्चा हुने गरेको छ । पछिल्लो समय उनीहरुको सम्बन्धविच्छेदको खबर निकै चर्चामा छ ।
सम्बन्धविच्छेदको खबर चर्चामा रहेकै बेला सामन्था हैदराबाद छोडेर मुम्बाइ जान लागेको खबर पनि बाहिरिएको छ । खबरहरु बाहिररहेका बेला सामन्थाले इन्स्टाग्राममा फ्यानहरुको धेरै प्रश्नहरुको जवाफ दिएकी छिन् ।
एक फ्यानले सामन्थालाई सोधेका छन् हैदराबाद छोडेर मुम्बाइ किन जान लाग्नुभएको ? उक्त प्रश्नमा उनले भनेकी छिन्- “यी सबै कुराहरु झुटा हुन् म हैदराबाद छोडेर कतै जान लागेकी छैन ।”
सामन्था र नागाको बारेमा पछिल्लो समय भारतीय सञ्चार माध्यममा आएका सूचनाहरुलाई हेर्ने हो भने नागा आफ्नो परिवारको विस्तार गर्नको लागी योजना बनाइरहेका छन् । तर यस कुरामा कति सत्यता छ भन्ने बारे कुनै जानकारी छैन।
समन्थाले सामाजिक सञ्जालमा आफ्नो नामबाट अक्किनेनी थर हटाएपछि उनको र नागाको सम्बन्ध विच्छेदको खबरहरु बाहिर आउन थालेका थिए ।

हालै, सामन्था नागा चैतन्यको फिल्म रिलीज पार्टीमा अनुपस्थित देखीएकी थिइन् । यसपछि पनि उनीहरुबीच सम्बन्ध राम्रो नभएको धेरै समाचारहरु बाहिर आएका थिए । नागार्जुनले हैदराबादमा आफ्नो छोराको लागी पार्टी आयोजना गरेका थिए जसमा आमिर खान पनि उपस्थित थिए, तर सामन्था उक्त पार्टिमा कतै पनि देखिएकी थिइनन् ।

सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए। दुबै दक्षिण भारतीय सिने उद्योगको प्यारा जोडीको रूपमा चिनिन्छन् । नागाले बच्चाको चाहाना गरेपछि सामन्था आफ्नो करियरमा फोकस्ड भइरहेकी बेला बच्चाको लागि तयार नभएपछि उनीहरुको सम्बन्धमा दरार आएको भारतीय सञ्चार माध्यमहरु बताउछन् ।
यद्यपी, अक्किनेनी परिवारले अहिलेसम्म यो समाचारमा कुनै पनि प्रतिक्रिया दिएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया