काठमाडौं । भारतको आगराको आगरा विकास प्राधिकरण (एडीए) को ताज भ्यू प्वाइन्टबाट बुधबार राति ९:३० बजे ड्रोन उडाएर ताजमहलको सुरक्षा भंग गर्ने ३ जना पक्राउ परेका छन् ।
भारतीय प्रहरीले ड्रोन उडाएको सूचनापछि हैदराबादबाट ड्रोन उडाउने तीन जना पर्यटक पक्राउ गरेको छ ।

उनीहरुसँग प्रहरीले बुधबार राती नै सोधपुछ गरेको थियो। उनीहरुले ताज महलको वरपर ड्रोन उडाउन नहुने आफूहरुलाई थाहा नभएको प्रहरीलाई दिएको बयान दिएका छन् ।
उनीहरुले ड्रोन उडाको ठाँउ ताज महलको ५०० मिटर को दायराभित्र परेको थियो । भारतीय प्रहरीले ड्रोन पनि बरामद गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया