काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा युभेन्टसले जित हात पारेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्टसले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन फेडेरिको किएसाले निर्णायक गोल गरे । फेडेरिकोले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए ।
युभेन्टसले २ खेलमा ६ अंक जोडेको छ । युभेन्टस समूह एचको शीर्ष स्थानमा रहेको छ । चेल्सी २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया