लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

लोकपथ
35
Shares

विराटनगर । आन्तरिक राजस्व कार्यालय सुनसरीले आर्थिक वर्ष २०७७/७८ मा कूल दुई अर्ब ८७ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ ।

सो अवधिमा कार्यालयले कूल दुई अर्ब २८ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा ५८ करोड ६६ लाख रुपैयाँ राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिए । सङ्कलित राजस्वमा आयकर ९७ करोड २८ लाख रुपैयाँ, मूल्यअभिवृद्धि कर ९२ करोड ८८ लाख रुपैयाँ र अन्तःशुल्क ८९ करोड ६८ लाख रुपैयाँ छ ।

लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६÷७७ मा कूल दुई अर्ब ३५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । कार्यालय आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष ५२ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।

यसैगरी चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कूल २६ करोड ६१ लाख रुपैयाँ र भदौमा १२ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरी लक्ष्यमा ११८ प्रतिशत प्रगति हासिल गरेको प्रमुख बरालको भनाइ छ । उनले चालु आवमा वार्षिक दुई अर्ब ४२ करोड ७० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा असुली दर हेर्दा लक्ष्यमा पुग्न कुनै समस्या नहुने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?