काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने भएको छ ।
प्रधानमन्त्री देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि अहिले बिहान १० बजे सर्वदलीय बैठक बोलाएका छन् । तर एमाले सर्वदलीय बैठकमा नजाने एक नेताले जानकारी दिए ।
एमालेले कारबाही गरेका १४ जना सांसदको सुचना सभामुखले टाँस नगरेको भन्दै संसद निरन्तर अवरोध गर्दै आएको छ । यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठकपनि एमालेले बहिष्कार गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया