काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परिक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन २०७८ पेश गर्ने पनि कार्यसूचीमा उल्लेख गरिएको छ ।
प्रतिनिधि सभाको बैठकलाई प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले निरन्तर अवरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया