खुसीको खबर ! अब जग उठाएका भूकम्प पीडितले तेस्रो किस्ता पाउने

काठमाडौँ, २३ असोज – भूकम्पपछि पुनः निर्माण गरेर दोस्रो किस्ताका लागि योग्य लाभग्राहीले गाउँपालिका÷नगरपालिकाको सिफारिशमा अग्रिम रुपमा तेस्रो किस्ता पाउने भएका छन् ।स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता आवास अनुदान पाउने व्यवस्था भएको राष्टिय पुनः निर्माण प्राधिकरणले जनाएको छ ।निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रिम रुपमा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनी प्राधिकरणले गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको प्रवक्ता यमलाल भुसालले बताए । यो व्यवस्थाले निजी आवास पुनः निर्माणका लागि सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।यो व्यवस्थापछि घरको जग उठाएर दोस्रो किस्ता लिन योग्य भएका घरधनीले दोस्रो किस्ताबापतको रु डेढ लाख र तेस्रो किस्ता बापतको रु एक लाख गरी एकैपटक रु दुई लाख ५० हजार पाउनेछन् । अब निजी आवास निर्माण गर्न चाहने घरधनीले जग उठाएपछि एकमुष्ट रकम प्राप्त गरी घर निर्माण गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?