काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
मन्त्रिपरिषदको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
देउवाले आजै विहान संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक पनि बोलाएका छन् । सर्वदलीय बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । मन्त्रिपरिषद्को बैठक नियमित बैठक भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया